लागू औषध चरेशसहित बैतडीका तीन जना पक्राउ

दार्चुला । लागू औषध चरेशसहित बैतडीका तीन जना कैलालीबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ भरतपुरबाट ४६९ ग्राम लागू औषध चरेशसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ का २८ बर्षीय चन्द्रसिंह ऐरी, सोही ठाउँका २५ बर्षीय मोहन भट्ट र २५ बर्षीय महेश विक रहेका डिएसपी चन्दले बताउनुभयो ।

यस्तै १ किलो चरेशसहित बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ का ३९ बर्षीय गगन बोहरालाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ स्थित बझाङ विपिन होटेलबाट बोहरालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?