दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ तेलिगाउँका कलाकार महेश नाथको लेकम मेरो देवभूमि बोलको देउडा गीत सार्वजनिक भएको छ ।
रास्वपा लेकम सभापति समेत रहनुभएका नाथको आवाजमा लेकम क्षेत्रको शक्तिपीठ तथा धार्मिक, सांस्कृतिक सम्पदाको महिमा बर्णन गरिएको छ । शब्द सिर्जना र आवाज महेश नाथको रहेको उक्त गीतमा म्युजिक महेश कुमार औजीको रहेको छ ।
लेकम मेरो देवभूमि गीतका सर्जक तथा गायक नाथले सामाजिक सञ्जाल फेसबुकमा गीतको लिंक सेयर गर्दै लेख्नुभएको छ, “मानिसको पहिलो पहिचान नै उसको संस्कृति हो। नेपाली माटोको एक अनुपम र ऐतिहासिक रत्न लेकम। जसको काखमा आस्था, परम्परा, र पुरातात्विक वैभव समेटिएको छ। त्यही पवित्र भूमिलाई समर्पण गर्दै मेरो नयाँ सांगीतिक सिर्जना, “लेकम मेरो देवभूमि”आज तपाईँहरू सबैमा अर्पण गरेको छु। लेकमको ऐतिहासिकता धर्म, संस्कृति , पौराणिक आख्यान, पुराना मन्दिरहरू, पवित्र र अपार सम्भावनाले भरिएको धार्मिक तथा ऐतिहासिक पर्यटकीय सौन्दर्य यी सबैलाई सम्मानका साथ शब्दमा उतार्ने प्रयत्न गरेको छु । हाम्रा धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण, हाम्रो गौरवशाली इतिहासको प्रचारप्रसार र हाम्रो पहिचानप्रति सम्मान प्रकट गर्नका निमित्त यो गित समर्पित छ ।तपाईंको स्नेह, माया र प्रतिक्रिया मेरो लागि अमूल्य हुनेछ।”
लेकम मेरो देवभूमि गीत युट्युबमा सुन्न यो लिंकमा जानुहोला





प्रतिक्रिया