चौलानी नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दार्चुला । दार्चुलाको चमेलिया नदी जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै बझाङको बौलीगाड खोला जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको छ । यो खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा सतर्कता अपनाउन भनिएको छ ।

आज बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने सम्भावना पनि रहेको छ ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहने अनुमान छ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भागका केही ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?