दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली कैलाली आउने भएका छन् । प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउन लागेका नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दले बताउनुभयो ।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्न ओली कैलाली आउन लागेका चन्दले बताउनुभयो ।
साउन १३ गते बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्घाटन गर्ने कार्यतालिका रहेको छ।





प्रतिक्रिया