खप्तड गोल्डकपका संस्थापक सुरेश हमालको निधन

दार्चुला । सुदूरपश्चिम प्रदेशमा व्यावसायिक फुटबल खेलको विकासमा अग्रसर कैलालीका सुरेश हमालको निधन भएको छ। मृगौला समस्याबाट पीडित हमालको भारतको बरेलीमा उपचारको क्रममा ४८ वर्षको उमेरमा निधन भएको हो ।

मधुमेह समस्यासंग जुझ्दै व्यावसायिक फुटबल खेलको विकासमा क्रियाशील हमाल पछिल्लो केही वर्षदेखि मृगौला समस्याबाट पनि ग्रसित रहेको सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका देवेन जोशीले जानकारी दिनुभयो ।

दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला ट्रान्सप्लान्टको तयारी भइरहेको बेला हमालको मृत्यु भएको जोशीले जानकारी दिनुभयो।

हमालको निधनले सुदूरपश्चिम प्रदेशको खेल जगत स्तब्ध भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष हमालको अथक प्रयासमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ठुलो धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको थियो। हमालले आफ्नो व्यक्तिगत लगानीमा क्लबका खेलाडीलाई आफ्नै घरमा राखेर प्रशिक्षणको व्यवस्था गर्नु भएको थियो।

हमाल र उहाँको टिमको प्रयासले ए डिभिजनको खेल खेल्ने चर्चित टिमहरु सुदूरपश्चिम प्रदेशमा आएर खेल्ने वातावरण बनेको थियो। खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आयोजनाले मुलुकमै फुटबल खेलको विकासमा सहयोग पुगेको थियो। हमालको नेतृत्वमा छैटौँ संस्करणसम्म धनगढीमा खप्तड गोल्डको सफल आयोजना भइसकेको छ।

कैलालीको भजनी नगरपालिका–५ मा जन्मिनु भएका हमाल धनगढीमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?