लेकममा घुम्ती सेवाः तीन वडामा ११६ राष्ट्रिय परिचयपत्र दर्ता र ६४ नागरिकता प्रतिलिपी वितरण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सोमबारबाट राष्ट्रिय परिचय पत्र दर्ता र नागरिकता प्रतिलिपी वितरण कार्य धमाधम भइरहेको छ । लेकम गाउँपालिकाको आयोजना, व्यवस्थापन तथा आर्थिक सहयोग र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वय तथा प्राविधिक सहयोगमा राष्ट्रिय परिचय पत्र दर्ता र नागरिकता प्रतिलिपी वितरण कार्य भइरहेको छ । सोमबार वडा नम्बर ६ उचाकोटमा २२ जनाको नागरिकता प्रतिलिपी र ३३ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ । मंगलबार वडा नम्बर ५ चौपातामा १८ जनाको नागरिकता प्रतिलिपी र ४२ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ ।

बुधबार (आज) वडा नम्बर १ सर्मोलीमा सञ्चालन गरिएको शिविरबाट ४१ जनाले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका छन भने २४ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताउनुभयो ।

सरकारले सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि बृद्धअबश्थाका नागरिकको सहजताका लागि लेकम गाउँपालिकाले प्रतेक वडामा राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता प्रतिलिपी वितरण कार्यको आयोजना गरेको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो । साउन १५ गते (भोली) वडा नम्बर २ कुणीमा, १६ गते वडा नम्बर ४ खरकडामा र १७ गते वडा नम्बर ३ लालीमा राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता प्रतिलिपी वितरण कार्य गरिने उपाध्यक्ष जोशीले बताउनुभयो ।

सरकारले चालु आर्थिक बर्षको साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शिविर सञ्चालनको लागि प्रशासन कार्यालयलाई आग्रह गरेको र सोही अनुसार प्रशासन कार्यालयको टोली गाउँपालिकामा आएर वडाहरूबाटै राष्ट्रिय परिचय पत्र दर्ता कार्य भइरहेको हो । सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाइ सास्ती भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?