नेपालको ‘होरा ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

दार्चुला । नेपालको होर ई स्पोर्ट्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै होर पब्जी ई स्पोर्ट्स विश्वकपको फाइनल राउण्डमा स्थान पक्का गरेको हो ।

नेपालसँगै सेन्ट्रल एशिया र साउथ एशियाबाट पब्जी विश्वकपमा मात्र तीन टिम सहभागी छन । पछिल्लो नतिजासँगै होर ई स्पोर्ट्सले करिब पौने १ करोड रुपैयाँ पक्का गरेको छ ।

नेपालबाट होर ई स्पोर्ट्समा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको फाइनल राउण्डमा मात्र १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित ८ करोड रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?