अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्। सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ।

यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर ७ दिनपछि नै त्यसलाई ९० दिनका लागि स्थगित गरिएको थियो। केही दिनपछि ट्रम्पले ३१ जुलाई सम्मको समय दिएका थिए।

त्यसपछि ट्रम्प प्रशासनले ९० दिनभित्र ९० सम्झौता गर्ने लक्ष्य राखेको थियो । तर हालसम्म मात्र ७ देशहरूसँग सम्झौता भएको छ। आदेश लागु हुनुअघि अमेरिका तर्फ आइरहेको सामानमा भने अघिल्लो नियमअनुसार नै कर लाग्नेछ । यसका लागि ५ अक्टोबर २०२५ अन्तिम म्याद तोकिएको छ।

ह्वाइट हाउसले सार्वजनिक गरेको जानकारी अनुसार लाओस, म्यानमार, सिरिया जस्ता देशहरूमा सबैभन्दा धेरै ४० प्रतिशत वा सोभन्दा बढी भन्सार शुल्क लगाइनेछ। कुनै सामान अरू देशमार्फत कर बचाउन अमेरिका पठाइएको खण्डमा त्यसमा ४०प्रतिशत भन्सार शुल्क लाग्नेछ।

युरोपेली संघका सामानहरूमा सीधै १५ प्रतिशत भन्सार शुल्क लगाइएको छैन। यदि कुनै वस्तुमा पहिले १० प्रतिशत शुल्क लागिरहेको छ भने ५ प्रतिशत थप गरिनेछ। तर पहिले नै १५ प्रतिशत वा सोभन्दा बढी शुल्क लागिरहेको वस्तुमा थप भन्सार शुल्क लाग्ने छैन।

चीनका लागि भने मई २०२५ को कार्यकारी आदेश नम्बर १४२९८ लागु छ, जसमा कुनै परिवर्तन गरिएको छैन।

राष्ट्रपति ट्रम्पले ३१ जुलाईमा भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। यो ७ अगस्टबाट लागु हुनेछ। हालसम्म अमेरिका भारतमाथि १० प्रतिशत आधारभूत भन्सार शुल्क लगाइरहेको थियो।

अमेरिकाले रूसबाट हतियार र तेल किनेकै कारणले भारतमाथि थप जरिवाना लगाइने बताउँदै आएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले यो घोषणाको प्रभावको मूल्यांकन गरी राष्ट्रिय हितको संरक्षण गर्न सबै आवश्यक कदम चाल्ने बताएको छ ।

यो भन्सार शुल्कले विशेष गरी स्टिल, एलुमिनियम, गाडी उद्योग ९अटोमोबाइल०, वस्त्र ९टेक्सटाइल०, इलेक्ट्रोनिक्स, र गहनाहरू ९ज्वेलरी० जस्ता क्षेत्रहरूलाई असर पार्न सक्ने भारतीय अधिकारीहरूले बताएका छन् । राष्ट्रपति ट्रम्पले ८ मे मा ब्रिटेनसँग सम्झौता गरेका थिए, जसअनुसार ब्रिटिश अटो, स्टिल र एलुमिनियममा भन्सार शुल्क घटाइएको हो।

सामान्य रूपमा १० प्रतिशत भन्सार शुल्क लागू हुनेछ। तर, ब्रिटेनलाई ५० प्रतिशत स्टिल र एलुमिनियम भन्सार शुल्कबाट छुट दिइएको छ — अब तिनमा २५ प्रतिशत भन्सार शुल्क लाग्नेछ। ब्रिटेनले बदला स्वरूप अमेरिकी जैतुन तेल, वाइन र खेल सामग्रीहरूमा भन्सार शुल्क घटाउने वाचा गरेको छ।

यसैबीच, ट्रम्पले २२ जुलाईमा जापानसँग सम्झौता घोषणा गरेअनुसार जापानी वस्तुहरूमा १५ प्रतिशत भन्सार शुल्क लाग्नेछ । यसअघि यो २५ प्रतिशत थियो ।

जापानले अमेरिकामा ५५० अर्ब डलरको लगानी गर्ने र अमेरिकी गाडी र चामलका लागि बजार खोल्ने वाचा गरेको छ।

यो भन्सार शुल्क टोयोटा, होन्डा जस्ता जापानी गाडी उत्पादकहरूका लागि राहत पुग्नेछ । उनीहरूले यसअघि २५ प्रतिशत भन्सार शुल्क सहेर व्यापार गरिरहेका थिए ।

ट्रम्पले यो भन्सार योजना २ अप्रिल २०२५ मा ह्वाइट हाउसमा घोषणा गरेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?