गोकुलेश्वर क्याम्पसमा स्ववियुद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिता सम्पन्न

दार्चुला । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गोकुलेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। क्याम्पसको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत आज ‘भ्रष्टाचार सामाजिक अपराध हो’ भन्ने शीर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको स्ववियु अध्यक्ष सुनिल डाँगाले जानकारी दिनुभयो।

क्याम्पसमा अध्ययनरत विभिन्न संकायका विभिन्न सेमेस्टरमा अध्यनरत ७ जना विद्यार्थीहरूले भाग लिएको उहाँले बताउनुभयो। विद्यार्थीहरूको रचनात्मक क्षमता बढाउन र विद्यार्थी आन्दोलनलाई थप रचनात्मक बनाउँदै उचाइमा पुर्‍याउनका लागि कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

सम्पन्न प्रतियोगिताको नतिजा आगामी शुक्रबार प्रशासन गरिने छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?