दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ सेतकलामा शुक्रबार (आज) जंगली भालुको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । सेतकला निवासी ४० वर्षीया बेलमती धामी घाँस काट्न घर नजिकैको जंगलमा गएको बेला जंगली भालुको आक्रमणमा परि घाइते भएको मालिकार्जुन अस्पताल गोकुलेश्वरमा कार्यरत स्वास्थ्यकर्मी हरक सिंह रावलले बताउनुभयो ।
भालुको आक्रमणबाट धामीको अनुहारमा सामान्य चोट लागेको र दायाँ हातको हड्डी भाँचिएपछि उपचारका लागि अस्पताल लगिएको छ । घाइते धामीको शैल्यशिखर-९ गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी रेफर गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया