वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधिका लागि पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

दार्चुला । वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधिका लागि आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् ।

फाइनल खेल इङ्ग्ल्यान्डको बर्मिङ्घममा नेपाली समय अनुसार दिउँसो साढे चार बजे शुरू हुनेछ ।

अस्ति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया च्याम्पियन्सलाई एक रनले हराउँदै दक्षिण अफ्रिका च्याम्पियन्स फाइनलमा पुगेको हो ।

भारतको टोली इन्डियन च्याम्पियन्सले पहिलो सेमिफाइनलमा पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि लिग चरणको अङ्कका आधारमा पाकिस्तान च्याम्पियन्स फाइनल पुगेको थियो ।

वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स, दक्षिण अफ्रिका च्याम्पियन्स, अस्ट्रेलिया च्याम्पियन्स र इन्डिया च्याम्पियन्स, घरेलु टोली इङ्ग्ल्यान्ड च्याम्पियन्स र वेस्ट इन्डिज सहभागी थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?