दार्चुला । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नेपालीहरूका लागि सन् २०२५ को काेरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ । शाखाले आज निकालेको सूचना अनुसार सन् २०२५ मा हुने पहिलो चरणको भाषा परीक्षाका लागि यही साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला रहनेछ ।
शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण सङ्ख्या पाँच हजार तीन सय हुनेछ । यसमा उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार आठ सय हुनेछ ।
एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने छन् । भाषा परीक्षा पास गरेर मात्रै रोजगारीको सुनिश्चितता भने नहुने शाखाले जनाएको छ ।





प्रतिक्रिया