अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणाः मल्लको कमब्याक, अनिल छुटे

दार्चुला । अष्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पोडेलको कप्तानीमा १६ सदस्यीय सिरिज खेल्ने टोलीको घोषणा गरेको हो ।

उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म अष्ट्रेलियामा हुनेछ । उक्त सिरिजमा अष्ट्रेलियाका विभिन्न टीमदेखि पाकिस्तान र बंगलादेशका ए टिमले सहभागिता जनाउनेछन् ।

यसअघि टी २० टिमबाट हटाइएका कुशल मल्लले कमब्याक गरेका छन् । विकेट किपर ब्याट्सम्यान अनिल साह भने टिममा अटाउन सकेनन् । उनी कमजोर फर्ममा थिए । टीममा अरु परिवर्तन गरिएको छैन । बन्द प्रशिक्षणमा हाल सहभागी नरहेका स्पिनर सन्दीप लामिछाने पनि अष्ट्रेलिया जाने टोलीमा छन् ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?