दार्चुला–टिंकर सडकको राताकाठामा सवारी आवागमन बन्द, पल्टी गरेर यात्रु ओसार्दै

दार्चुला । दार्चुला–टिंकर सडकको राताकाठा क्षेत्रमा मंगलबार (आज) देखी साउन २४ गतेसम्म सवारी आवागमन बन्द गरिएको छ । वर्षायामको कारण राताकाठा क्षेत्रको सडकमा खाल्टा परी आवतजावतमा समस्या भइरहेको र सडक मर्मत कार्य समेत हुने भएकोले २४ गतेसम्मका लागि सवारी आवागमन बन्द गरिएको बताइएको छ ।

महाकाली कोरिडोर सडक योजना (ब्रह्मदेब–झुलाघाट–दार्चुला–टिंकर) सडकले राताकाठा क्षेत्रमा वर्षायामको कारण खाल्टा परी आवतजावतमा समस्या भइरहेको र मर्मत कार्य समेत हुने भएकोले २० देखी २४ गतेसम्म सवारी आवागमन बन्द गर्ने गरी पठाएको पत्रको आधारमा यातायातका साधनहरु बन्द गरिएको दुहुँ गाउँपालिकाले जनाएको छ ।

सडक कार्यालय र दुहुँ गाउँपालिकाले राताकाठा क्षेत्रमा सडक बन्द हुने जानकारी सहितको पत्र सार्वजनिक गरेपछि अहिले दार्चुला सदरमुकाम खलंगादेखी श्रीबगडसम्म एउटा गाडी र राताकाठाभन्दा माथि दुहुँ क्षेत्रमा अर्को गाडीले यात्रु ओसार्ने काम गरिरहेका छन् । राताकाठा क्षेत्रबाट पल्टी गरेर यातायातका साधनहरु सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?