राष्ट्रिय मावि ठिङमा अध्यनरत विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय ठिङमा अध्यनरत विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। कैलालीको चैतन्य पाठशालाले विद्यालयमा अध्यनरत विद्यार्थीका लागि २ सय ४० सेट पोशाक उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक देवसिंह धामीले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक बैकुण्ठ देव अवस्थीको पहलमा पाठशालाले निःशुल्क रुपमा विद्यालय पोशाक उपलब्ध गराएको उहाँले बताउनुभयो । मंगलबार (आज) गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्यनरत २ सय ५ जना विद्यार्थी पोशाक विद्यार्थीहरुलाई वितरण गरिएको छ।

विद्यार्थीलाई निःशुल्क रुपमा पोशाक उपलब्ध गराउन सहयोग गर्ने विद्यालयका शिक्षक बैकुण्ठ देव अवस्थीलाई सम्मान पत्रसहित सम्मानित गरिएको विद्यालय शिक्षक गणेश सिंह धामीले जानकारी दिनुभयो ।

कक्षा १ देखि १२ सम्म पढाई हुने उक्त विद्यालयमा २ सय ३० जना भन्दा बढी विद्यार्थी अध्यनरत रहेको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा वडा नम्बर २ का निर्वाचित वडा सदस्य, शिक्षक, विद्यार्थी, शिक्षा प्रेमी, लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीलाई निःशुल्क पोशाक उपलब्ध गराउन सहयोग गरेकोमा विद्यार्थी तथा अभिभावकले शिक्षक अवस्थीलाई धन्यवाद ज्ञापन गरेको विद्यालयका शिक्षक धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?