सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ९९ हजार नाघ्यो

दार्चुला । नेपाली बजारमा एक तोला सुनको भाउ दुई लाख नजिक पुगेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला सुन १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ३२५ रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला सुन २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?