दार्चुला । लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ तडीगाउँ गैर बस्ने धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको अस्थाई प्रहरी पोष्ट सतबाँझका इन्चार्ज अम्बादत्त जोशीले बताउनुभयो । घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको उहाँले बताउनुभयो ।
अविरल वर्षाका कारण शुक्रबार विहान भित्र पानी पसेर पूर्णरूपमा घर भत्किएको इन्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो ।
ठूलो पानी परेर भित्ताहरुमा क्षति पुगेपछि घरनै पूर्णरुपमा भत्किएको छ । घर भत्किएपछि भट्ट परिवार अहिले आफन्तको घरमा बसेको प्रहरी इन्चार्ज जोशीले बताउनुभयो ।
घर भत्किएपछि आफुहरुलाई बसोबासका लागि समस्या भएको घरधनी भट्टले बताउनुभयो ।





प्रतिक्रिया