दार्चुला । कैलालीको धनगढीस्थित कारागारमा कैदीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । कैदीबिच भएको कुटाकुटमा धनगढीका भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

कैदीबिच भएको कुटाकुटमा ४७ जना घाइते भएका जोशीले जानकारी दिनुभयो । घाइते कैदीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कैलाली कारागारमा बिहीबारपनि कैदीबिच झगडा भएको थियो । त्यस दिनको घटनामा पनि केही कैदी घाइते भएका थिए ।

कैदीबिच झगडा भएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित प्रहरी अधिकारीले पुगेर विवाद मिलाउने प्रयास गरेका जनाइएको छ । प्रमुख जिल्ला अधिकारीको प्रयासका बावजुद कैदीबिचको झगडाले झन उग्र रुप लिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?