दार्चुला । जिल्ला कारागार कैलालीमा भएको कुटपिटमा घाइतेमध्ये एक जनाको आइसीयुमा राखेर उपचार भइरहेको छ।

कुटपिटमा गम्भीर घाइते रबी चौधरीको आइसीयुमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। जोशीका अनुसार अर्का गम्भीर घाइते जगदीस रानाको अपरेशन थिएटरमा राखिएको छ।

कारागारमा कैदीबन्दीबिच हिजो राति झडप हुँदा झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। झडपमा धनगढी उपमहानगरपालिका–४, भरत चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएपछि मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतक चौधरी लागुऔषध मुद्दाका कैदीबन्दी हुन्। उहाँको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घाइतेको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पताल भित्र जान कडाइ गरेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच झडप भएको हो।

यस्तै कारागारमा दुई पक्षका कैदीबिच भएको झडपको घटनाको छानबिनका लागि पाँच सदस्यी छानबिन समिति गठन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोकत्वमा छानबिन समिति गठन गरिएको हो । शुक्रबारराति कैदीबिच झडप भएपछि विहान जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त र जिल्ला अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत दीपेन्द्र सिंह रहनुभएको छ ।

सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहनु भएको छ । छानबिन समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहनु भएका सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?