एएफसी यू-२० महिला एशियन कप छनोटमा आज नेपाल र उत्तर कोरिया खेल्दै

दार्चुला । एएफसी महिला २० वर्षमुनिको एशियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

एशियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ । अस्ति शुक्रवार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो । योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट छ अङ्क पुर्‍याएको छ ।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० ले पराजित गरेको थियो । तर नेपालले भूटानसँग १-१ गोलको बराबरी खेलेको थियो । नेपालको दुई खेलमा चार अङ्क छ । यो खेलले समूह ‘ए’ बाट एशियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ । ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?