दार्चुलाको ब्याँसमा स्यालको आक्रमणबाट तीन जना घाइते

दार्चुला — ब्याँस गाउँपालिकामा जंगली स्यालको टोकाइबाट तीन जना स्थानीय घाइते भएका छन्। आइतबार दिउँसो स्यालको टोकाइबाट ब्याँस गाउँपालिका वडा नम्बर ६ बसेडीका ७० वर्षीय गणेश दत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र खातीगाउँका ७५ वर्षीया च्याउली देवी भण्डारी घाइते भएका छन् ।

घाइतेहरुलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल, दार्चुलामा पुगाइएकोमा जिल्ला अस्पतालबाट समेत कैलाली रिफर गरिएको स्थानीय रमेश भट्टले जानकारी दिनुभयो । आइतबार दिउसो घर नजिकैको वनमा घास काट्न गएका बेला उनिहरुलाई स्यालले टोकेको स्थानीय केशर सिंह खातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?