दार्चुलामा टिंकर खोलाको बाढीले तीनओटा काठे पुल बगायो

दार्चुला । दार्चुलाको टिङ्कर खोलाको बाढीले छाङ्गरुदेखि टिङ्करसम्मका तीन ठाउँका पुल बगाएको छ ।

पुल बगेपछि टिङ्कर गाउँसँगको सडक सम्पर्कविच्छेद भएको छ । टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिनुभयो ।

टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम गरेको छैन । बाढीबाट गाउँमा भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयो ।

उहाँले टिङ्कर सीमा प्रहरी चौकीसँग सञ्चार सेटमार्फत सम्पर्क भएको र क्षति भएको ठाउँको बारेमा बुझ्न टिङ्करबाट प्रहरी परिचालन भएका बताउनुभयो ।

छाङ्गरुदेखि टिङ्करसम्मको झन्डै तीन सयदेखि चार सय मिटर बाटो पनि बगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?