नेपालले अस्ट्रेलियामा थप ५ अभ्यास म्याच खेल्ने

दार्चुला । अस्ट्रेलियाको डार्बिनमा सुरु भएको टप इन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । नेपाली टोलीले घरेलु टोली नर्दन टेरिटोरीसँग खेल खेल्नेछ ।

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए’ सँग, सोमबार मेलवार्न स्टार्स एकेडेमीसँग, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग र अर्को शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका तय गरिएको छ ।

सिरिजपछि नेपालले अस्ट्रेलियामा एक हप्तासम्म अतिरिक्त अभ्यास गर्ने नेपाल क्रिकेट संघले जनाएको छ ।

नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई खेल र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई म्याच खेल्ने तालिका छ । यस्तै, नेपालले ३० अगस्टमा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल पनि खेल्नेछ ।

नेपाली टोली टी–२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया पुगेको हो । अस्ट्रेलियामा तयारी सकेपछि टोली सेप्टेम्बरमा यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ । त्यसपछि नेपाली टिम अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटमा भाग लिने तयारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?