लगातारको बर्षाले दार्चुलाको शैल्यशिखर-८ मा एक घर भत्कियो

दार्चुला । लगातारको बर्षाको कारण दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा एक घर भत्किएको छ ।

बुधबार राती देखि भइरहेको बर्षाको कारण नगरपालिकाको वडा नम्बर ८ सिमखेत (मट्यौला) का स्थानीय तोयराज जोशीको २ तले पक्की घर भत्किएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी सहायक निरीक्षक गोपाल द्वालले जानकारी दिनुभयो ।

गत बैशाखमा मात्रै निमार्ण सम्पन्न भएको २ तले ४ कोठाको पक्की घरको भित्ताहरु भत्किएको घरधनी जोशीले बताउनुभयो । विहिबार विहान ८ बजेको समयमा घरको पछाडी बाट जमिन भासिए पछि पुर्ण रुपमा घर भत्किएको उहाँले बताउनुभयो ।

प्रहरी र स्थानीयको सहयोगमा घरमा भएको सामान र बाख्रा लगायत पाल्तु जनावरलाई सुरक्षीत स्थानमा सारेको प्रहरी सहायक निरीक्षक द्वालले बताउनुभयो ।

३ महिना अगाडी मात्रै निर्माण सम्पन्न भएको नयाँ घर भत्किएपछी अहिले जोशी परिवार छिमेकीको घरमा बसेको उहाँले बताउनुभयो । घर भत्किए पछि समस्यामा परेका जोशीले राहात तथा पुनः निर्माणको लागि अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?