टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

दार्चुला । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ ।

खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगाड्र्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अरू तीन अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले भदौ १० गते क्रिकेट एसीटीसँग पहिलो, भदौ १२ गते साउथ अस्ट्रेलियासँग दोस्रो र भदौ १४ गते साउथ अस्ट्रेलियासँग खेल्ने छ ।

आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले यी दुई प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?