दार्चुला । जिल्ला अदालत दार्चुलाको जिल्ला न्यायाधीसमा भुवन गिरी सिफारिस हुनुभएको छ । शुक्रबार (आज) बसेको न्याय परिषद्को बैठकले जिल्ला अदालत दार्चुलाको न्यायाधीसको जिम्मेवारी गिरीलाई दिएको हो ।
न्याय परिषद् बाट गिरीलाई सरुवा गरेर गिरीलाई जिल्ला न्यायाधीसको जिम्मेवारी दिइएको हो । यस अघि दार्चुला जिल्ला अदालतका जिल्ला न्यायाधीश पुष्पराज पाण्डे आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च तानिएका थिए ।
खराब आचरणको आरोपमा कारबाही प्रक्रिया अघि बढाइए पछी गत असार पहिलो साता पाण्डेलाई सर्वाेच्च अदालत झिकाइएको थियो । हाल काजमा न्याय परिषद्मा कार्यरत रहेका पाण्डेको सर्लाही जिल्ला अदालतको जिल्ला न्यायाधीसमा सिफारिस गरिएको छ।





प्रतिक्रिया