रास्वपा सभापति लामिछानेलाई नक्खु जेल ल्याउने निर्णय

दार्चुला । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार (जेल) सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिनुभएका लामिछानेको सरुवा भने भएको थिएन । उहाँ हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा हुनुहुन्छ।

कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आजै उहाँलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ । शर्माका अनुसार, लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो ।

शर्मा गृह मन्त्रालयबाट सरुवा भएर कारागार विभागको जिम्मेवारी सम्हाल्न पुग्नुभएको थियो । यसअघि कारागार विभागको महानिर्देशकमा नारायण प्रसाद भट्टराई हुनुहुन्थ्यो । उहाँलाई निर्वाचन आयोग सरुवा गरेर शर्मालाई पठाइएको थियो ।

गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताउनुभएको थियो । महानिर्देशक शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर रविको कारागार सरुवा हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?