दार्चुला । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ। नेपाल विद्युत प्राधिकरणको ४०औं बार्षिकोत्सवको अवसरमा सापकोटा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुभएको हो ।
जिल्लामा नियमित विद्युत आपुर्ती गरेको, मिटर रिडिङमा सुधार गरेको, विद्युत विस्तारमा उल्लेखनीय भुमिका निर्वाह गरेको, भौगोलिक कठिनाई, सिमित श्रोत साधन तथा विभिन्न समस्याका बाबजुत पनि उत्कृष्ट कार्य गरेकोले आइतबार ४०औँ बार्षिकोत्सवको अवसरमा उर्जा मन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उत्कृष्ट कर्मचारी प्रशंसा पत्रले सम्मान गर्नुभएको हो ।
विद्युत प्राधिकरणले गरेको सम्मानले कार्यक्षेत्रमा थप हौसलासहित खटिने उत्प्रेरणा जागेको सापकोटाले बताउनुभयो । जिल्लामा विद्युत विस्तार तथा नियमित आपुर्तीमा सहयोग गर्ने सम्पुर्ण कर्मचारीलाई प्रमुख सापकोटाले धन्यवाद ज्ञापन गर्नुभयो ।





प्रतिक्रिया