उपसभामुख हटाउने विषयमा शेखर पक्ष असन्तुष्ट, सासंद बडूबाहेक अरुले गरेनन् हस्ताक्षर

दार्चुला । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी परेपछि असन्तुष्टि जनाउनुभएको छ । कांग्रेस एमालेले अहिले उपसभामुखलाई हटाउनको लागि खाली कागजमा हस्ताक्षर गराइरहेको छ। तर, कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिनुभएको हो । शेखर कोइराला पक्षमा खुलेका दार्चुलाबाट निर्वाचित सासंद दिलेन्द्रप्रसाद बडू बाहेक अरुले हस्ताक्षर नगरेको बताइएको छ ।

पार्टीले सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको भएपनि आफूलाई कुनै खबर नआएको शेखर निकट एक सांसदले बताउनुभयो । उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भएपनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको उहाँको जिकिर छ । शेखर पछिल्लो समय सरकारको कामप्रति असन्तुष्टि जनाउदै आउनुभएको छ । सरकारले उपसभामुखलाई हटाउन खोजेको भन्दै माओबादीसहित प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । कांग्रेशको संस्थापन पक्षका सासंद र एमाले सासंदले भने संसदीय दलको कार्यालय पुगेर हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?