दार्चुला । दार्चुलामा ३९ बर्षीय एक पुरुषमा डेंगी संक्रमण पुष्टि भएको छ। बुधबार जिल्ला अस्पताल दार्चुलामा गरिएको परीक्षणमा एक जनामा डेंगी संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले बताउनुभयो ।
बाँकेको कोहलपुर बैजनाथ ३ रामपुर सुतैयाका ३९ बर्षीय पुरुष ज्वरोको उपचारको लागी जिल्ला अस्पताल आएकोमा परीक्षण गर्दा डेंगी देखिएको उहाँले बताउनुभयो ।
ति पुरुषमा सेतो रगतको मात्रा कम देखिएको र भोली पनि परीक्षण गरि सुधार नभए रेफर गरिने उहाँले बताउनुभयो ।





प्रतिक्रिया