दार्चुला उद्योग बाणिज्य संघबाट आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टोलीले सेवा दिदै

दार्चुला । दार्चुला उद्योग बाणिज्य संघको कार्यालयबाट आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टोलीले कर सम्बन्धि सेवा सुरु गरेको छ ।

आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टुरमुकाम टोलीले भदौ ४ गते बुधबार (आज) देखी ६ गते शुक्रबारसम्म कर तथा राजश्व सम्बन्धि सेवा दिइरहेको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापाले जानकारी दिनुभयो । ५ गते देखि ७ गते सम्म सेवा दिइने पूर्व सूचना रहेको भए पनि ७ गते शनिबार परेको र अन्य विभिन्न कारणले गर्दा आज बाट ६ गते सम्म सेवा दिइने उहाँले बताउनुभयो ।

उद्योग बाणिज्य संघ दार्चुलाको अनुरोधमा आन्तरिक राजश्व कार्यालय डडेल्धुराबाट आएको टुरमुकाम टोलीले पहिलो दिन ६० जनालाई सेवा प्रदान गरेको अध्यक्ष थापाले बताउनुभयो । भोली पनि विहान १० बजेदेखि बेलुका ५ बजे सम्म उद्योग बाणिज्य संघको कार्यालयबाट सेवा दिइने उहाँले बताउनुभयो ।

आन्तरिक राजश्व कार्यालयको टोलीले व्यवसाय दर्ता गर्ने, बन्द गर्ने, नवीकरण तथा करचुक्ता लगायत करसंग सम्बन्धित विभिन्न सेवा दिइरहेको उहाँले बताउनुभयो । व्यवसायीले करचुक्ता वा व्यवसाय दर्ताका लागि डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य गर्न उद्योग बाणिज्य संघले हरेक वर्ष टुरमुकाम टोली बोलाएर सेवा दिदै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?