लिपुलेक व्यापार सम्झौता भारत र चीनको निर्लज्ज विस्तारवादी चरित्र हो: एमाले नेता ठगुन्ना

दार्चुला । नेपाली भूमि लिपुलेक भएर व्यापार गर्ने सम्झौता भारत र चीनको निर्लज्ज सम्राज्यवादी र विस्तारवादी चरित्र रहेको नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको भनाई छ । नेपाली भूमिको रक्षाका लागि सिंगो राष्ट्र एकजुट भइ कुटनैतिक पहल गर्नुपर्ने नेता ठगुन्नाको धारणा छ ।

नेता ठगुन्नाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “नेपाली भूमि लिपुलेक भएर भारत र चीनद्वारा गरिएको व्यापारिक सम्झौता नेपालको सार्वभौमिकतामा ठाडो हस्तक्षेप मात्र नभएर दुबै देश को सम्राज्यवादी र विस्तारवादको निर्लज्ज रुप हो । नाकाबन्दी को डटेर सामना गरि मिचिएको भूमि देश को नक्सामा समावेस गर्न सिङ्गो देशलाई एकजुट पार्न सफल सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू ले यो विषयमा पनि राष्ट्रिय सहमती प्राप्त गरि महत्वपूर्ण कुटनैतिक पहल गर्नुहुने मा सम्पूर्ण देशवासी आसावादी रहेका छन।” दार्चुलाबाट निर्वाचित पूर्व सांसद तथा नेपाल सरकारका पूर्वमन्त्री समेत रहनुभएका नेता ठगुन्नाले अतिक्रमित भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूमि समेटेर नेपालको नक्सा सार्वजनिक गर्न समेत महत्तपूर्ण भूमिका खेल्नुभएको थियो ।

देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानमा कसैबाट आघात हुने काम भएको सहन सक्दैनौँ, उहाँले भन्नुभयो, लिपुलेकमार्फत चीन–भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको प्रतिवाद गर्न सबै राजनीतिक दल एकढिक्का हुनुपर्छ । आपत्तिजनक र अस्वीकार्य यो विषयमा सबै दलहरू र सिंगो देश एक ठाउँमा उभिनुपर्ने र कुटनैतिक माध्यमले सीमा समस्याको समाधान गरिनुपर्ने नेता ठगुन्नाको भनाई छ । अतिक्रमित नेपाली भूमि नक्सामा समावेस भएपनि प्रशासनिक अधिकार कायम गर्न नसकिएको बताउदै उहाँले यो विषयमा कुटनैतिक ढंगले समाधान खोज्नु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?