नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने

दार्चुला । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आउँदो मङ्सिर १ गतेदेखि शुरू हुने भएको छ ।

क्यानले आज विज्ञप्ति निकालेर एनपीएलको दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

एनपीएलका लागि खेलाडीको मिनी अक्शन सम्पन्न भइसकेको छ । प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक हुनेछ । पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

एनपीएलमा जनकपुरसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोलीको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?