टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज पाकिस्तान साहिन्ससँग खेल्दै

दार्चुला । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो छैटौं खेलमा नेपालले आज पाकिस्तान साहिन्ससँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ ।

शृङ्खलामा नेपालले दुई खेल जितेको छ । शुरूका लगातार तीन खेलमा हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो ।

नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन् । टप इण्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?