बैतडीको डिलाशैनी-१ का ३० वर्षीय नरेश बोहरा बेपत्ता

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय युवक बेपत्ता हुनुभएको छ।

डिलाशैनी गाउँपालिका वडा नम्बर १ कोटपेटरा बस्ने ३० वर्षीय नरेश बोहरा गत साउन ३१ गते शनिबारदेखि बेपत्ता रहेका उहाँका दाजु नरेश बोहराले बताउनुभयो ।

घरबाट काममा निस्केका बोहरा त्यसपछि घर नफर्किएका उहाँले बताउनुभयो। कालो लेदरको ज्याकेट र हाफ पाइन्ट लगाएका बोहरालाई कसैले फेला पारेमा नजिकको प्रहरीचौकीमा खबर गरिदिन आफन्तले आग्रह गरेका छन् ।

हराइरहेका बोहरालाई कसैले फेला पारेमा ९८५१३५४६६६ र ९८५१२२२२१३ मा खबर गरिदिन आग्रह गरिएको छ ।

बोहरा बेपत्ता भएको एक हप्ता बितिसक्दा समेत सम्पर्कमा नआएपछि परिवारजनमा चिन्ता थपिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?