सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले अट्ठारी पर्वको अवसरमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
गएको साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार यो बिदा लागू हुनेछ ।

थारु समुदायले कृष्ण जन्माष्टमीपछि पर्ने पहिलो आइतवार अट्ठारी पर्व मनाउँदै आएका छन् । यस दिन दाजुभाइहरूले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि व्रत बस्ने परम्परा छ । बेलुकी पूजापाठ गर्ने र परिवारसँग पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?