दार्चुला । नेपाली कांग्रेश जिल्ला कार्यसमिति दार्चुलाको बैठक दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । खलंगास्थित वीपी स्मृति भवनमा शुक्रबार देखी सुरु भएको दुई दिने बैठक शनिबार (आज) विभिन्न विषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकमा क्रियाशील सदस्यता नवीकरण, सदस्यता सिफरिस, भातृ संघहरुको जिल्ला र पालिका अधिवेसन, जिल्लाको विकास निर्माण र समसामयिक विषयमा घनिभूत छलफल गरिएको नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।
नेपाली कांग्रेश जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराको अध्यक्षता तथा कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । प्रदेश सभा सदस्य बिक्रमसिंह धामीसहित जनप्रतिनिधि, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्यहरु, प्रदेश क्षेत्र कार्यसमिति पदाधिकारी, दार्चुलाबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्यहरु र स्थानीय तहका सभापति लगायतको आतिथ्यता र उपस्थिति रहेको बैठक विभिन्न निर्णय गर्दै भव्यताका साथ सम्पन्न भएको नेपाली कांग्रेस दार्चुलाका कोषाध्यक्ष हंशराज भट्टले बताउनुभयो ।





प्रतिक्रिया