दार्चुला । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार सात सय ५५ पुगेको छ । आइतबार दुई हजार ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२ हजार चार सय २७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय ५२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७५ हजार आठ सय चार पुगेको छ ।

अब नेपालमा ३१ हजार तीन सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार ६ सय १३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?