टी–२० अभ्यास खेलमा नेपालको लगातार दोश्रो जीत

दार्चुला । दोश्रो टी–२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी ९एसीटी० लाई छ विकेटले हराएको छ । एसीटीले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर दुई बलमा भेटायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाए । एसीटीका इ रहेमानले दुई तथा एल इभान्स र डी दुबेले समान एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको एसीटीले १७ ओभर दुई बलमा सबै विकेट गुमाएर ९६ रन मात्र बनायो । एन ब्रोसले सबैभन्दा धेरै १६ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र शहाब अलामले समान चार विकेट लिए । यस्तै गुलशनकुमार झा र रोहित पौडेलले समान एक विकेट लिए ।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो । टप इन्ड टी–२० शृङ्खलापछि नेपालले थप पाँच वटा अभ्यास खेल्न लागेको हो । टप इन्ड टी–२० शृङ्खलामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले अस्ट्रेलिया भ्रमण गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?