प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने, लिपुलेक सम्झौताबारे कुरा उठाउने तयारी

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान उनीहरूबीच भेटवार्ता हुन लागेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच चीनको तियानजिनमा भेटवार्त हुनेछ। एससीओ सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जान लागेका ओलीले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम पनि छ। सम्मेलनमा सम्बोधन गर्नुअघि राष्ट्रपति जिङपिङसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

भेटमा प्रधानमन्त्री ओलीले लिपुलेकका सम्बन्धमा भारत र चीनसँग भएको सम्झौता/सहमतिका विषयमा पनि कुरा उठाउने स्रोतले बताएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लिपुलेकको भू-भाग नेपालको भएको विषयमा राष्ट्रपति जिङपिङसँग छलफल गर्नुहुनेछ।

प्रधानमन्त्री ओली भदौ १४ गते चीन प्रस्थान गर्नेछन् भने १८ गते स्वदेश फर्किनुहुनेछ । त्यसपछि भदौ अन्तिम साता भारत भ्रमण गर्ने प्रधानमन्त्रीको तयारी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?