डडेल्धुरामा जीप दुुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

दार्चुला । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । विहिबार (आज) बिहान करिब ८ बजेको समयमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले पुष्टि गर्नुभयो। उहाँका अनुसार ठाँटा बजारबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा चार जना घाइते भएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो। मृतक र घाइतेहरूको सनाखत भएको छैन् । घट्नाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?