लिपुलेकको विषयमा राष्ट्रिय सहमतिसहित बलियो पहल गर्छुः प्रधानमन्त्री ओली

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा राष्ट्रिय सहमति जुटाएर भारत र चीनसँग प्रष्ट रूपमा कुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौं जिल्लाका एमाले नेताहरूसँग शुक्रबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले संसद्को विश्वाससहित चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा विवादसम्बन्धी विषयमा बलियो धारणा राख्ने जानकारी दिनुभयो ।

भेटमा सहभागी एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमति जुटाएर मात्र संवेदनशील विषयमा छलफल अघि बढाउने तयारी रहेको उल्लेख गर्नुभयो ।

नेताहरूले प्रधानमन्त्रीलाई भारत र चीन भ्रमणका क्रममा लिपुलेकका मुद्दालाई प्राथमिकताका साथ उठाउन आग्रह गरेको बताइएको छ ।

मानन्धरका अनुसार प्रधानमन्त्री ओलीले आउँदो भदौ १४ गते संसद्मा सम्बोधन गर्दै यस विषयमा संसद्को विश्वास लिएर दुवै देशका नेतासँग छलफल गर्ने योजना रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?