दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका वडा नम्बर ६ खालिडाडा बस्ने ५० वर्षीया ऐति धामीको घर नजिकै रहेको जंगलमा घास काटेर घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।
बिहीवार भीर साँझको समयमा घट्ना भएको र प्रहरीमा राती खबर आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताउनुभयो । भीरबाट अन्दाजी १ सय ५० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया