दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस नकतडमा भित्तामा ठोक्कियो, दुई जना सामान्य घाइते

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडमा बस भित्तामा ठोक्किएको छ। शुक्रबार विहान दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको महाकाली यातायातको सुपप्र ००१ ख ९५० नम्बरको बस शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नकतड चेकपोस्ट नजिक भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना सामान्य घाइते भएको बताइएको छ। घाइते हुनेमा बझाङको बुगंल नगरपालिकाका ४० वर्षीय जगत बहादुर धामी र सोही ठाउँका १९ वर्षीय लोकेश धामी रहेका छन् । सामान्य घाइते दुबै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बताइएको छ।

दुर्घटना भएको स्थानमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?