सुदूरपश्चिमको सबैलाई अग्लो अपिहिमाल पहिलो पटक आरोहण हुने, १५ सदस्यीय आरोही टोली आउदै

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपिहिमाल पहिलो पटक आरोहण हुने भएको छ। यस अभियानका लागि १५ सदस्यीय आरोही टोली शुक्रबार काठमाडौंबाट प्रस्थान गरेको हो।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आयोजना गरेको विशेष बिदाइ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले टोलीलाई शुभकामना दिँदै बिदाइ गर्नुभयो। उहाँले अपिहिमालको पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र गर्वको क्षण भएको बताउनुभयो । हालै सरकारले राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालमा दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपिहिमाल आरोहणको मार्ग खुलेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त बहादुर ठेकरे बोहराले बताउनुभयो ।

शुक्रबार विदाइ कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहणलाई नेपाल चिनाउने महत्त्वपूर्ण आधारका रूपमा वर्णन गर्दै शेर्पा र गैर-शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गर्नुभयो । यो अभियानले स्थानीय स्तरमा सहकार्य र समन्वयलाई मजबुत बनाउनेछ, साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिनेछ, मन्त्री पाण्डेले भन्नुभयो।

अपिगाउँपालिकाको संलग्नतासहितको टोलीमा १५ जना आरोही सहभागी छन्। जोखिमपूर्ण भए पनि स्थानीयलाई समेत समेटेर अघि बढाइएको यो पहललाई सुदूरपश्चिम पर्यटन र पर्वतारोहणमा नयाँ अवसरको रूपमा हेरिएको छ । अपिहिमालका लागि यो हर्षको क्षण भएको स्थानीयले बताएका छन् । आरोही टोलीलाई अपिहिमालमा मनै बिछ्याएर स्वागत गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?