दार्चुला । सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी र सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी सहित कृषि विज्ञहरुको टोली आइतबार बेलुकी दार्चुला आइपुगेको छ ।

कृषि ज्ञान केन्द्र दार्चुलाको आयोजनामा सोमबार विहान खलंगामा सञ्चालन हुने स्थानीय तहहरुसँगको परामर्श बैठकमा सहभागि हुन उपसभामुख जोशी र मन्त्री चौधरी नेतृत्वको टोली दार्चुला आइपुगेको हो । जिल्लाका नौ वटै स्थानीय तहका प्रमुखहरुसंग कृषि क्षेत्रका गतिविधि, सम्भावना, समस्या लगायत विषयमा परामर्श गर्न तथा कृषि क्षेत्रमा प्रदेशबाट भएका काम र आगामी रणनीतिबारे छलफल गर्न उक्त टोली दार्चुला आइपुगेको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनुभयो ।

टोलीले दार्चुला सदरमुकाम खलंगा पुग्नुअघि गोकुलेश्वर क्षेत्रका कृषकहरुसंग छलफल गरेको छ । आइतबार दिउँसो शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा स्थानीय कृषकहरुसंग छलफल गर्दै उपसभामुख जोशी र मन्त्री चौधरीले कृषकका समस्या बुझ्नुभएको थियो । आफुहरुले मल खाद बिक्रि केन्द्र र तरकारी तथा भण्डारण एबं चिस्यान केन्द्र स्थापनाको माग राखेको र उहाँहरुले सकारात्मक प्रतिक्रिया दिएको गोकुलेश्वरका कृषक राजेश सिह बिष्टले जानकारी दिनुभयो । टोलीले सडकमार्ग नजिकका कृषकहरुलाई भेटनुका साथै मुख्यमन्त्री कृषि नमुना गाउँको स्थलगत अबलोकन भम्रण गर्ने कार्यक्रम रहेको छ ।

जनप्रतिनिधिहरुसंगको छलफल र मुख्यमन्त्री कृषि नमुना गाउँको स्थलगत अवलोकन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । टोलीमा आएका कृषि मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत गोकुल प्रसाद बोहरा सहितको टोलीले नौगाड गाउँपालिका र अपि हिमाल गाउँपालिकाको निरीक्षण भम्रण गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख पन्तले बताउनुभयो ।

टोलीमा सुदरपश्चिम पदेश सभा सदस्य गेल्बुसिह बोहरा, कृषि विज्ञहरु, उपसभामुख जोशीका स्वकिय सचिब हरिश भट्ट, मन्त्री चौधरीका स्वकिय सचिब दिर्घ बिनाडी लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?