दार्चुलाको लेकम गाउँपालिकामा शिक्षक भट्टको निधनमा आज शोक विदा

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आज शोक विदा दिइएको छ। लेकमको वडा नम्बर २ मा रहेको सरस्वती आधारभुत विद्यालय विटोरामा कार्यरत ५३ वर्षीय शिक्षक कमलापती भट्टको मृत्यु भएपछि आज शोक विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशीले बताउनुभयो।

शिक्षक भट्ट दुई दिन पहिले घरभित्रै मृत अवस्थामा फेला परेका थिए । भट्ट सोमबार दिउँसोको समयमा घरभित्रै मृत अवस्थामा फेला परेपछि बुधबार (आज) लेकम गाउँपालिका अन्तरगतका कार्यालय र संस्थाहरूमा शोक विदा दिने निर्णय गरिएको बताइएको छ।

सोमबार र मंगलबार सार्वजनिक विदा परेको र बुधबार शिक्षक भट्टको निधनमा शोक विदा दिइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले विदा दिएसंगै आकस्मिक बाहेकका सेवाहरू बन्द हुने भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?