नेपाल र वेस्ट इन्डिजबीच हुने श्रृङ्खलाको खेल तालिका हेरफेर

दार्चुला । । नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सामान्य हेरफेर भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको शृङ्खला यूएईमा हुनेछ ।

सरजाह क्रिकेट रङ्गशालामा हुने शृङ्खला आउँदो असोजको ११, १३ र १४ गते हुने क्यानले जनाएको छ । यसअघि खेल असोज ११, १२ र १४ गते हुने तय भएको थियो । क्रिकेट इतिहासमै नेपालले पहिलोपल्ट टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको हो ।

यो शृङ्खला नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभइ आउँदो टी–२० विश्वकप एशिया छनोटको तयारीमा समेत महत्त्वपूर्ण मानिएको छ । विश्वकप छनोट ओमानमा अक्टोबरमा हुँदैछ । यसअघि गएको वर्ष वेस्ट इन्डिजको ‘ए’ टोली नेपालमै आएर टी–२० शृङ्खला खेलेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?