दार्चुलाको शैल्यशिखर-१ मा रहेको लटिनाथ आवि बारीलबाट डेढ लाख बढीको सामान चोरी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ मा अवस्थित लटिनाथ आधारभूत विद्यालय बारीलमा चोरी भएको छ । मंगलबार राति विद्यालयको कार्यालयमा राखिएका करिब डेढ लाख रुपैयाँ बराबरका सामग्री चोरी भएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर तितराले जानकारी दिनुभयो ।

उहाँका अनुसार अज्ञात समूहले विद्यालयको कार्यालयमा रहेका साउन्ड स्पीकर (डिजे), ढोलक, खैजडी लगायत विभिन्न खेलकुद तथा शैक्षिक सामग्री चोरी गरेका छन् । बुधबार बिहान विद्यालय सञ्चालन गर्ने क्रममा चोरी भएको घटना पत्ता लागेको बताइएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी चौकी बलाँचमा निवेदन दिइएको प्रधानाध्यापक तितराले जानकारी दिनुभयो । चोरीमा संलग्न व्यक्तिहरु वा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?