जेन-जी विरोध प्रदर्श: मृतकको सङ्ख्या ९ पुग्यो, घाइतेको छैन यकिन

दार्चुला । जेन-जीहरूले सोमबार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

पछिल्लो विवरण अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसीमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न भने बाँकी छ ।

काठमाडौंका कयौँ अस्पतालहरूमा घाइतेहरूको संख्या पनि अत्यधिक छ भनिकएको छ । तर, यकिन तथ्याङ्क छैन ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेन-जी पुस्तमाथि प्रहरीले गोली चलाएको हो । अहिले पनि काठमाडौंका धेरै ठाउँमा प्रदर्शन जारी छ । यद्यपि, धेरै ठाउँमा कर्फ्यू पनि जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?